बहुमतको सरकार दाबी नगर्नु सही भएको तीन दलको निष्कर्ष

बहुमतको सरकार दाबी नगर्नु सही भएको तीन दलको निष्कर्ष

  • शुक्रबार, बैशाख ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, वैशाख ३१ । काँग्रेस, माओवादी र जसपाका नेताहरुले बहुमतीय सरकारको दावी नगरेर ठीक गरिएको निष्कर्ष निकालेका छन् ।

बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी यादव समूहले बहुमतीय सरकारमा दावी गर्न नसकेका बारेमा समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेका हुन् ।

छलफलमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताको उपस्थिति थियो ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार जसपाको पूरै समर्थन नभएका बेलामा सरकारको दाबी पेश नगर्नु उचित नै भएको निष्कर्ष निकालिएको हो ।

बैठकले अब केपी ओलीले के गर्छन् चुनावको दिशातिर जान्छन् कि, महन्थहरूलाई हात लिएर विश्वासको मत लिन्छन्, त्यो हेरेर थप रणनीति तय गर्ने सहमति बनेको श्रेष्ठले जानकारी दिए ।
तीन दलले सरकार गठनका लागि आवस्यक संख्या नपुर्याउदा ओली पुनः प्रधानमन्त्री बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ