बैशाख ३० काठमाण्डौं । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि काँग्रेस, माओवादी र जसपा एवं नेकपा एमालेका माधव नेपाल समुह आन्दोलित बन्यो ।
आन्दोलनमा सँगै सहकार्य गरेका दलहरुबीच सँयुक्त सरकार बनाउन काँग्रेस र माओवादीले अनवरत कसरत गरे । जसपाको पनि उपेन्द्र यादव समुह लागि पर्यो ।
तर पूर्व राजपा समुहका सांसदहरुको नेतृत्व गरेका महन्त ठाकुरले आज दिँउसै देखि आफू पक्षीय सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखे पछि काँग्रेस सभापति शेर बहादुर देउवाको लागि बहुमत पुगेन ।
बहुमत नपुगे पछि काँग्रेस र माओवादी केन्द्रले सरकारमा दाबी प्रस्तुत गरेन ।
फलतः बैशाख २७ गते संसदको विस्वासको मत नपाएर पदमुक्त भएको ७२ घण्टा भित्रै प्रधानमन्त्रीमा पुनः केपी ओली हुने निश्चित भएका छन् । उनी आजै राति प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।
संवैधानिक व्यवस्था अनुसार संसदमा सँयुक्त सरकारका लागि दलहरुको बहुमत नपुगेमा ठूलो पार्टीको हैसियतमा एमालेका संसदीय दलका नेता ओली प्रधानमन्त्री हुने तय भएको हो ।
उनले पुनः ३० दिन भित्र विस्वासको मत भने लिनुपर्नेछ ।