महन्त ठाकुरले आफू पक्षीय सांसदलाई भक्तपुर रिसोर्टमा लगे

महन्त ठाकुरले आफू पक्षीय सांसदलाई भक्तपुर रिसोर्टमा लगे

  • बिहिबार, बैशाख ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

बैशाख ३० काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्वासको मत नदिएका र काँग्रेसको नेतृत्वमा सरकार बनाउन पनि हस्ताक्षर नगरेका जसपा महन्त ठाकुर समुहका सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखिएको छ ।
महन्त ठाकुर र राजेन्द्र महतोले ठोलेश्वर भिलेज रिसोर्टमा १३ जना सांसदलाई राखेको बुझिएको छ । यस अघि तठस्त रहेको १५ सांसद मध्य १३ जना त्याहाँ पुगेका छन् ।
जसपाका सांसद मध्य धेरै जसो बाबुुराम उपेन्द्र यादव समुहमा रहेका छन् ।
स्रोतका अनुसार ठाकुर र महतो नँया सरकार बनाउन देउवालाई सहयोग गर्ने पक्षमा छैनन् । त्यसैले उनीहरुले आफू पक्षीय सांसदहरुलाई रिसोर्टमा लगेका हुन् ।
स्रोतका अनुसार महेश बस्नेत सहित एमाले नेताहरुले समेत व्यवस्थापनमा सहयोग पुर्याएका छन् । जसपाले काँग्रेसलाई सहयोग नगर्दा देउवा नभई ओली नै प्रधानमन्त्री हुने भएकाले एमाले नेताहरु पनि त्यसमा सक्रियताका साथ लागि परेको स्रोतको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ