देउवा निवासमा कांग्रेस पदाधिकारीको बैठक जारी

देउवा निवासमा कांग्रेस पदाधिकारीको बैठक जारी

  • बिहिबार, बैशाख ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

३० बैशाख, काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा नेताहरूको बैठक अहिले बसिरहेको छ ।

बूढानीलकण्ठस्थित शभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकमा नयाँ वैकल्पिक सरकार गठनका लागि भइरहेको तयारी र यसको संभावनाबारे देउवाले ब्रिफिङ गर्नेछन् । प्रधानमन्‍त्री केपी ओलीले विश्‍वासको मत लिन असफल भएपछि राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमा आजै राति नौ बजे सकिँदैछ।

त्यसअघि नै बैकल्पिक सरकार बन्‍ने आधारसहित राष्ट्रपतिलाई लेखी पठाउने तयारीमा कांग्रेस र नेकपा माओवादी छन्। तर त्यसका लागि जसपाले समर्थन गर्नुपर्ने हुन्छ तर जसपाको महन्त ठाकुर पक्षले समर्थन गर्ने सम्भावना देखिदैन । यता एमालेका माधव नेपाल पक्षका सांसदहरूले राजीनामा दिएर संसद्को संख्या घटाउनुपर्छ। नेपाल पक्षका सांसदको राजिनामा रोक्न पार्टी अध्यक्ष्ँ तथा प्रधानमन्त्री केपी ओली स्वयम सक्रिय भएका छन् ।

देउवाले पदाधिकारी बैठक बोलाउनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष महन्थ ठाकूर र एमालेका माधव नेपाललगायतका नेताहरूसँग परामर्श गरेका थिए। माधव नेपाल पक्षले अहिलेसम्म राजीनामा नदिएकोले बैकल्पिक सरकारको संभावना कठिन हुँदै गएको देखिन्छ। सिंगो जसपाको समर्थन लिने प्रयासलाई रोक्‍न सरकारी पक्षको व्यवस्थापनमा महन्थले आफ्नो सांसदहरूलाई भक्तपुरको रिसोर्टमा लगेर राखेका छन्। भने एमाले नेता नेपाल पक्षका सांसदको राजिनामा रोक्न कार्वाहि गरेका चारै नेतालाई कार्वाहि फुकुवा गरि छलफल भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ