ठाकुर पक्षले राख्यो गठबन्धनको नेतृत्व आफूले गर्ने बटमलाइन

ठाकुर पक्षले राख्यो गठबन्धनको नेतृत्व आफूले गर्ने बटमलाइन

  • बिहिबार, बैशाख ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

३० बैशाख, काठमाडौं । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षबीच भेटवार्ता भएको छ । भेटमा ठाकुर पक्षले सरकारको नेतृत्व गर्ने बटमलाईन राखेको स्रोतले जनाएको छ ।
भेटका लागि महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेता कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ गएका थिए ।

बैठकमा जसपाका नेताहरूले आफ्नो नेतृत्वमा सरकार बनेको खण्डमा मात्र विपक्षीसँग सहमति गर्ने बटमलाइन राखेको बताइएको छ । त्यसो हुन नसकेमा विपक्षी गठबन्धनलाई सहयोग नगर्ने उनीहरूको भनाइ थियो ।

जसपाको प्रस्तावपछि नेपाली कांग्रेसले चार बजेका लागि पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ । बैठकमा सत्ता समीकरण र जसपाले राखेको प्रस्तावको विषयमा छलफल हुनेछ । कांग्रेसलाई आफ्नो प्रस्ताव राखेको जनता समाजवादी पार्टीको ठाकुर पक्षले पनि आफ्ना सांसदहरूको बैठक बोलाएको छ ।

यसअघि कांग्रेस र जसपाको सत्ता समीकरण मिलाउनका लागि दुई पक्षका नेताहरूबीच छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ