एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता सुरु

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता सुरु

  • बिहिबार, बैशाख ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 21.8K
    SHARES

३० बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

काठमाडौं बूढानीलण्ठस्थित एक व्यवसायीको घरमा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भईरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले वालुवाटारमा भेटवार्ता गर्ने भनेपनि नेता नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको स्रोत बताउछ ।
नेपाल पक्षका चार नेतामाथिको कारबाही फिर्तापछि ओली र नेपालबीच वार्ता तय भएको हो । यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भएको भेटवार्ता निष्कर्षविहीन भएको थियो ।
आज बिहान एमालेको स्थायी कमिटीले नेपाल सहित नेपालको समूहका ४ जना नेताको कारबाही फिर्ता लिएको थियो । बैठकबाटै ओलीले नेपाललाई फोन गर्नुभएको थियो ।

राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा आजै समाप्त हुँदैछ । त्यसअघि नै ओलीले नेपालसँग वार्ता गर्नुभएको हो । संसदमा ओलीले विश्वासको मत लिने प्रस्ताव गर्दा नेपाल समूहका २८ सांसद अनुपस्थित भएका थिए । नेपाल पक्षका सांसदले संसदबाट राजीनामा दिन परामर्श गरिरहेका बेला ओली नेपाल वार्ता भएको हो । आफ्ना माग सम्बोधन गर्न आजै अपरान्ह ४ बजेसम्मको समय सो समूहका नेताहरुले दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ