राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

  • बिहिबार, बैशाख ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

३० बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानुभएको छ ।

विपक्षी दलहरूले सत्ता समीकरणको पहल गरिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुभएको हो ।

राष्ट्रपतिसँगको भेटपछि ओलीले आजै पार्टीका नेता माधवकुमार नेपालसँग पनि भेट्ने तयारी गरेको बताईएको छ । उहाँहरूको वार्ता ४ बजेका लागि तय भएको छ ।

सत्ता समीकरणको रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्री ओली र राष्ट्रपतिको भेट पनि बाक्लिएको छ । यसअघि एमालेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गर्दै नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ