मुख्यमन्त्रीमा गुरुङको नियुक्ति असंवैधानिक भएको भन्दै विपक्षी चार दल आक्रोसित

मुख्यमन्त्रीमा गुरुङको नियुक्ति असंवैधानिक भएको भन्दै विपक्षी चार दल आक्रोसित

  • बुधबार, बैशाख २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

बैशाख २९ पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई राजीनामा दिएको ७२ घण्टा भित्रै नियुक्त गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको छ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतका आधारमा सरकार गठन गर्न सकिने अवस्था हुँदाहुँदै प्रदेश प्रमुखले उपधारा ३ अनुसार ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै उनीहरु आक्रोसित बनेका हुन् ।

विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका दाबेदार एवम् कांग्रेस नेता कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुख पौडेलले संविधान कुल्चिएर यो नियुक्ति भएको भन्दै बिरोध जनाए ।
भर्खरै नियुक्त प्रदेश प्रमुख सीता पौडेलले पार्टीको बफादार कार्यकर्ताको जस्तो भूमिका खेलेको उनको आरोप छ ।

गठबन्धनबाट विज्ञप्ति जारी गरेर प्रदेश प्रमुखको कदमको विरोध जनाउने तयारी गरेको उनले जनाए।
प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतका आधारमा सरकार गठन गर्न चार दलको दाबी अघि बढाउनुपर्नेमा त्यसो नगरेको नेपालीले बताए।

यता, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पनि प्रदेश प्रमुखले संविधान मिचेको आरोप लगाएका छन्।
गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टीले आ–आफ्नो पार्टीको निर्णयसहित कांग्रेस नेता नेपालीलाई मुख्यमन्त्री बनाउन निवेदन दिएका थिए।

प्रदेश प्रमुखको कार्यालयमा यी चार पार्टीका निर्णय र मुख्यमन्त्रीका दाबेदार नेपालीको निवेदन दर्ता छ। गण्डकीमा रहेका पाँच दलमध्ये एमालेको २७, कांग्रेसको १५, माओवादी केन्द्रको १२ (सभामुख सहित) जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ मत छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ