अक्सिजनको चरम अभाव :बेलझुण्डीमा आठको ज्यान गयो

अक्सिजनको चरम अभाव :बेलझुण्डीमा आठको ज्यान गयो

  • मङ्लबार, बैशाख २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो २४ घण्टाका अबधिमा आठ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच, घोराही उपमहानगरपालिका, गढवा र दंगीशरण गाउँपालिकाका एक÷एक जना रहेका छन् ।

अस्पतालका व्यवस्थापक दोर्ण ओलीले अस्पतालको क्षमताले भ्याएसम्म सङ्क्रमितलाई स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा अक्सिजनको चरम अभावका भएको छ ।

पर्याप्त अक्सिजन नहुँदा सङ्क्रमितको अवस्था दयनीय रहेको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले सामाजिक सञ्चालमार्फत जनाउनुभएको छ । उहाँले अक्सिजनको चरम अभावका कारण बिरामी छट्पटाइ रहेको अवस्था रहेकाले यसमा जिल्लाका सांसदलाई यसतर्फ गम्भीर ध्यान दिन आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी