बैशाख २८ काठमाण्डौं । नेपालमा कोरोना संक्रमणका कारण आज अहिले सम्मकै धेरै एकै दिन २२५ जनाको मृत्यु भएको छ । यो नेपालमा एकै दिन मृत्यु हुनेको सबै भन्दा बढी संख्या हो । यो सँगै कुल मृतकको संख्या ४ हजार ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसै गरी संक्रमण पनि आज सबै भन्दा धेरै ९ हजार ४ सय ८३ जनामा पुष्टी भएको छ । ४० हजार ५९६ पिसिआर र ७२० एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कुल संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।
यसै गरी गत २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै हाल सम्म संक्रमण मुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।
अब सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline