खोप खरिदमा कुनै भ्रष्टाचार भएको छैन, अनर्गल प्रचार नगरौः मन्त्री त्रिपाठी

खोप खरिदमा कुनै भ्रष्टाचार भएको छैन, अनर्गल प्रचार नगरौः मन्त्री त्रिपाठी

  • मङ्लबार, बैशाख २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 19.8K
    SHARES

वैशाख २८, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिद सम्बन्धी तथ्यांक र आधारहीन कुरा गरेको भन्दै आपत्ति जनाएका छन् । संसद्मा नेताहरुले खोप खरिद सम्बन्धी गलत प्रचार गरेको भन्दै कुरा बुझेर मात्र बोल्न नेताहरुलाई आग्रह गरे ।

आज स्वास्थ्य मन्त्रालयद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले कोरोना खोप खरिद सम्बन्धी तथ्यहीन र आत्मरिताका कुरा नबोल्न नेताहरुलाई आग्रह गरेका हुन् । उनले खोप खरिदमा कुनै भ्रष्टाचार नभएको तर अनर्गल र झूटा प्रचारप्रसार भएको बताए ।

उनले कोभ्याक्सले प्राप्त गर्ने खोप सबैभन्दा बढी सिरम इन्स्टिच्युट अफ इन्डियाबाट नै भएको बताउँदै सरकारले जिटूजी मार्फत २० लाख डोज भ्याक्सिन खरिद गरेको बताए । उनले नेपाल सरकारले राष्ट्र बैंक मार्फत कम्पनीलाई ८० प्रतिशत पठाएको र त्यस बाहेक अन्य कुनै खरिद नगरेको उनले बताए ।
उनले सरकारले खोप खरिदमा कसैलाई कमिसन पनि नदिएको र दिने अवस्था पनि नरहेको बताउँदै जीटूजी मार्फत खोप खरिद गरिएको प्रष्ट्याएका थिए ।

उनले ४ डलरमा कसैले खोप दिन्छ भने नेपाल सरकारले १ करोडभन्दा बढी खोप खरिद गर्ने समेत बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ