बुटवल कोरोना विशेष अस्पतालमा फेरि अक्सिजन अभाव, एचडीयूका धेरैजसो बिरामीको अक्सिजन मास्क झिकियो

बुटवल कोरोना विशेष अस्पतालमा फेरि अक्सिजन अभाव, एचडीयूका धेरैजसो बिरामीको अक्सिजन मास्क झिकियो

  • मङ्लबार, बैशाख २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

वैशाख २८, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा पुनः अक्सिजन अभाव भएको छ । आईसीयूमा १६ र एचडीयूमा ३६ गरी ५२ बिरामी उपचाररत अस्पतालमा अक्सिजन अभाव भएपछि एचडीयूका धेरैजसो बिरामीको अक्सिजन मास्क झिकिएको छ ।

आईसीयूका बिरामीलाई धिमा गतिमा मात्रै अक्सिजन दिइएको अस्पतालले जनाएको छ । अस्पतालले एचडीयू र आईसीयूमा भर्ना भएका बिरामीलाई समेत आफैं अक्सिजन जोहो गर्न आग्रह गरेको छ । अस्पतालले आफैं अक्सिजन जुटाउन भनेपछि जटिल खालका बिरामी र उनीहरूका आफन्त तनाबमा छन् ।
अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले तालिकाअनुसार सोमबार साँझ आउनुपर्ने अक्सिजन बिहानसम्म नआएपछि समस्या भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ