बैशाख २७ काठमाडौं । संसदमा प्रधानमन्त्रीले विस्वासको मत गुमाएका छन् । प्रधानमन्त्री आफैले संसदको बिशेष अधिवेशन बोलाएर विस्वासको मत लिने घोषणा गरेका थिए । आज संसदमा भएको कुल मत २३२ खसेको थियो । त्यस मध्य प्रधानमन्त्रीको पक्षमा केवल ९३ मत खस्यो । विपक्षमा मत १२४ मत खस्यो भने १५ मत तठस्त रह्यो ।
विश्वासको मतको प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको थियो ।
तर पनि माधव समुहका सांसदहरु आजको बैठकमा अनुपस्थित रहेकाले यो संख्या घटेको हो ।
प्रतिपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र जसपालगायतले ओलीलाई विश्वासको मत दिएनन्। एमालेकै माधव नेपाल पक्षका सांसदहरू पनि संसदमा अनुपस्थित भएर विश्वासको मत लिने ओलीको कदमलाई अहयोग गरेका छन्।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन्। यो अंकगणितअनुसार सरकारका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ ( २ निलम्बित ) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्।