सरकारका कारण संविधानलाई कोरोना लागेर आइसियूमा पुग्योः प्रचण्ड

सरकारका कारण संविधानलाई कोरोना लागेर आइसियूमा पुग्योः प्रचण्ड

  • सोमवार, बैशाख २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, २७ वैशाख ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नगर्ने दाबी गरेका छन् ।
आज संसदको बिशेष अधिवेशनमा संवोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले यसअघि नै विश्वासको मत नदिने निर्णय गरिसकेको भन्दै यो सदनले ओलीलाई विश्वासको मत नदिने बताए ।

उनले ओलीलाई आफूले नै विघटन गरेको संसद्सँग विश्‍वासको मत माग्‍ने नैतिक अधिकार नरहेको दाबी समेत गरे । ‘यो सदनले विश्वासको मत दिँदैन।’उनले भने,‘लोकतान्त्रिक अधिकार भित्रै प्रधानमन्त्री जीले विश्वासको मतको अपिललाई सम्मान गर्न चाहन्छु तर सरकार गठन भए यता गरेका कार्य हेर्दा विश्वासको मत प्राप्त गर्ने स्थिति छैन।’

अध्यक्ष प्रचण्डले संविधान मर्म अनुसार नै संसद् पुनस्स्थापना भएलगत्तै ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको स्मरण गरे। अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुनै लोकतान्त्रिक मुल्य मान्यता र संविधानको भावना अनुरुप हुने पनि बताए ।

धेरै प्रतिकुलतासँग जुधेर बनाईएको संविधान विपरित लागेर ओलीले मुलुकमा अस्थितरता ल्याउन खोजेको भन्दै उनले संसदमा विश्वास, अविश्वासको मतको कुरामात्रै हैन सांसद किनबेच सम्मको अवस्था देखिएको भन्दै चिन्ता समेत व्यक्त गरे ।

उनले देशमा कोरोना लागेजस्तै संविधानलाई पनि कोरोना लागेको भनेर व्यङ्ग्य गरे। सरकारका गतिविधका कारणले संविधानलाई समेत कोरोना लागेको उनले बताए । अध्यक्ष प्रचण्डले भने, सरकारका पछिल्ला गतिविधिले संविधान नै कोरोना लागेर आइसियूमा पुगेको जस्तो भएको छ ।

आफुलाई राष्ट्रिय समस्या भनेको भन्दै प्रचण्डले प्रचण्ड कि केपी ओली को राष्ट्रिय समस्या हो भनेर बहस गर्न आउन पनि चेतावनी दिए ।उनले राष्ट्रिय समस्या प्रधानमन्त्री ओली कि म भनेरसमेत प्रश्न गरे। प्रचण्डले वामगठबन्धनको स्थायीत्व र विकास र समृद्धिको योजना तुहेको धारणा राखे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ