बैशाख २७ काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सरकारकै गैर जिम्मेवारीपनका कारण कोरोना महामारीले भयावह रुप लिएको बताएका छन् ।
आज संसदको बिशेष अधिवेशनमा संवोधन गर्दै सभापति देउवाले कोरोना नियन्त्रणका लागि बेलैमा तयारी गर्नु, भ्याक्सिन ल्याउनुको साटो धरहरा उद्घाटन गर्न प्रधानमन्त्री आफै हिँडेको भन्दै यो अक्ष्म्य अपराध भएको बताए ।
त्यसै गरी उनले खोपमा समेत कमिसज खान खोज्नु र सरकारले त्यसलाई ढाकछोप गर्नु र व्यापारीक घरानालाई पोस्न खोजेको भन्दै प्रधानमन्त्रीप्रति आक्रोस पोखे ।
देउवाले जनताको जीवनलाई व्यापारीको कमिसनसँग जोडिएको भन्दै चिन्ता व्यक्त गरे ।
यसै गरी देउवाले संविधान विपरीत प्रतिनिधि सभाको विघटन गरेको र सर्वोच्चले पुनस्थापित गरिदिए पछि नैतिकताको आधारमा राजीनामा दिनु पर्नेमा त्यसो नगरेको भन्दै आपत्ति जनाए ।
यसै गरी प्रधानमन्त्रीले ओलीले संविधानको भावना विपरीत संरचनाहरुलाई भत्काउदै हुकुमी शासन चलाउन खोजेको पनि देउवाले बताए ।
दल विभाजन गर्ने, सांसद अपहरण गर्ने जस्ता काम भएको भन्दै उनले सरकारको आलोचना गरे ।
प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्नुको साटो भ्रष्टाचारीलाई बचाउने काम गरेको, संविधानको कार्यन्वयनमा सरकार असफल भएको पनि देउवाले बताए ।