आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छः प्रधानमन्त्री ओली

आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छः प्रधानमन्त्री ओली

  • सोमवार, बैशाख २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

२७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक्ताको आधारमा संविधान संशोधन हुनसक्ने बताउनुभको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतका लागि आह्वान गर्दै उहाँले संविधान संसोधन गर्न नहुने बिषय नभएके बताउनु भयो । उहाँले देश र जनताको चाहनालाई समेटेर समयानुकुल ढङ्गले संशोधन हुन सक्ने दोहोर्याउनु भएको हो ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै पनि पक्षमा विश्वास नगर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । मुलुकका सार्वभौतसत्ता, राष्ट्रियता र देश विकासको काममा अहिलेको सरकारले उपलब्धिमुलक काम गरेकाले सबैले वर्तमान सरकारलाई विश्वास गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, कृषि आधुनिकिकरण, ध्वस्त भएको पर्यटन क्षेत्रलाई उठाउने कार्य, व्यापार खाटालाई सन्तुलनतर्फको बाटोमा हिडाएर उपलब्धि हासिल गरेको छौ ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा गरिने भूमिकालाई हेर्ने हो भने अहिलेको सरकार अब्बल रहेको प्रधानमन्त्री ओलीको दाबी छ । उहाँले अहिले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको बारेमा बहस हुन थालेको जिकिर गर्नुभयो ।

समस्याहरूको गीत मात्र गाएर नभइ समस्याको समाधान गर्न दृढताका साथ अघि बढेको ओलीले बताउनुभयो । नेपालमा आधारभूत रुपमा संविधान मान्दिन भन्ने कुनै पनि कुरा नभएको उहाँको जिकिर छ ।

विकास निर्माण, शिक्षा, स्वास्थ्य र पुननिर्माणका क्षेत्रमा उपलब्धिमुलक काम गरेको भन्दै उहाँले सरकार अन्धाधुन्ध रुपमा नहिडेको पनि बताउनु भयो । नेपालको सबै क्षेत्र र व्यावसायका मान्छेको आम्दानी राम्रो होस्, बेरोजगारी हटाएर स्वदेशमै रोजगारी श्रृजना गर्न सरकार लागि रहेको पनि बताउनु भयो । हजारौ युवाहरु रोजगारीका लागि बाहिर जाने अवस्था अन्त्य गर्न सरकार लागि परेको उहाँको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ