संसद अधिवेशन सुरु हुँदै, प्रधानमन्‍त्री ओलीले विश्‍वासको मत लिने

संसद अधिवेशन सुरु हुँदै, प्रधानमन्‍त्री ओलीले विश्‍वासको मत लिने

  • सोमवार, बैशाख २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

२७ बैशाख, काठमाडौं । संसद्को विशेष अधिवेशन एकछिनमा सुरु हुँदैछ। प्रधानमन्‍त्री केपी ओलीलाई विश्‍वासको मत लिनका लागि डाकिएको बैठकमा भाग लिन सांसदहरू संसद् भवनमा पुगिसकेका छन्।

आजको बैठकमा विश्‍वासको मत लिने प्रधानमन्‍त्रीको प्रस्तावमाथि मतदान हुनेछ। नेता एमालेका माधव नेपाल पक्षका सांसदहरू अनुपस्थित हुने निर्णय गरेकोले ओलीले विश्‍वासको मत पाउने संभावना छैन।जनता समाजवादी पार्टीको महन्थ ठाकूर र राजेन्द्र महतो समूह तटस्थ बस्‍ने र उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले विपक्षमा मतदान गर्ने भएको छ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन्। यो अंकगणितअनुसार प्रधानमन्त्रीले विश्‍वासको मत लिन १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ ९ २ निलम्बित ० छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्। नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् ।

विश्‍वासको मतमा फेल भएपछि आजै ओलीले राजीनामा दिनेछन्। राष्ट्रपतिले ७६ ९२० अनुसार बहुमतीय सरकार बनाउन दलहरूलाई आव्‍हान गर्नेछिन्। विश्‍वासको मत नपाए ७६ ९३० अनुसार ठूलो दलको नेताको हैसियतले अल्पमतको प्रधानमन्‍त्रीका रुपमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी गर्ने र अल्पमतको प्रधानमन्‍त्रीका रुपमा चुनाव घोषणा गर्ने ओलीको योजना छ। तर राष्ट्रपतिले संसदीय अभ्यासको स्थापित प्रचलन र नजिरअनुसार सिधै ७६ ९३० प्रवेश नगरी ७६ (२) अनुसार बहुमतीय सरकार बनाउन दलहरूलाई आग्रह गर्ने तयारीमा छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ