माधव समुहका सांसदको राजीनामा रोकियो, सोमबार बिहान सम्मको ओलीलाई अल्टिमेटम !

माधव समुहका सांसदको राजीनामा रोकियो, सोमबार बिहान सम्मको ओलीलाई अल्टिमेटम !

  • आइतवार, बैशाख २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

बैशाख २६ काठमाण्डौं । एमाले भित्रको विवाद उत्कर्षमा पुगेका बेला आज माधव समुहका सांसदले दिने भनिएको राजीनामा रोकिएको छ । सो समुहका नेता र ओली समुहका नेताबीच सिंहदरबारमा भएको छलफल पछि पार्टीलाई जेष्ठ २ गतेको अवस्थामा फर्काउन सोमबार बिहान ९ बजे सम्मको अल्टिमेटम दिएको छ ।
यस समुहले ओलीलाई यो अन्तिम मौका भन्दै सो विषयमा सहमति नभए जस्तो सुकै निर्णय लिने चेतावनी दिएको छ ।
फागुण २३ मा सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युताए पछि एमाले पुरानै अवस्थामा हुनु पर्ने माधव पक्षको अडान छ । तर ओलीले एकलौटी रुपमा माधव नेपाल सहितका नेतालाई कार्बाही गर्दै कमिटि थप्ने, पदाधीकारीको जिम्मेवारी खोस्ने लगायतका निर्णय गरे पछि माधव समुहले समानान्तर गतिविधि गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ