गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङको राजीनामा स्वीकृत, तीन दिन भित्र नयाँ सरकार बनाउन आव्हान

गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङको राजीनामा स्वीकृत, तीन दिन भित्र नयाँ सरकार बनाउन आव्हान

  • आइतवार, बैशाख २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

पोखरा बैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनामा दिएका छन् ।

गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएपछि उनले राजीनामा दिएका हुन् । उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो । गत साता मात्रै गण्डकीको प्रदेश प्रमुखमा नेकपा एमालेले सीता पौडेललाई नियुक्त गरेको थियो ।

राजीनामासँगै दिएको वक्तव्यमा मुख्यमन्त्री गुरुङले आफूले काम गर्ने वातावरण नभए पछि राजीनामा दिएको उल्लेख गरेका छन् ।
यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ ९क० बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् ।
प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन् ।
यस्तै उनले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी छिन् ।
काँग्रेसले नयाँ सरकार बनाउने दाबी
मुख्यमन्त्रीको राजीनामा सँगै अब काँग्रेसका संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीको नेतृत्वमा नयाँ सरकार बनाउन बिपक्षीहरुले कसरत शुरु गरेका छन् ।
काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाले नयाँ सरकार बनाउन पहल गर्ने काँग्रेसी नेताहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ