बैशाख २६ काठमाण्डौं । संसदको बिशेष अधिवेशनमा सोमबार जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्वासको मत नदिने भएको छ । जसपाका नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विस्वासको मत दिन नसक्ने जानकारी गराएको स्रोतले जनाएको छ । जसपाका नेताहरुले आज प्रधानमन्त्रीलाई भेटेर सो कुरा अवगत गराएका थिए ।
यस अघि जसपामा ठाकुर समुहले ओलीलाई साथ दिन कसरत गरीरहेको थियो । तर उपेन्द्र यादव समुहको कसरत पछि सो समुह पछि हटेको हो ।
यसै गरी ठाकुर र महतोले काँग्रेसलाई पनि तठस्त रहने संकेत दिएको छ । जसपाका नेताहरुले काँग्रेस सभापति शेर बहादुर देउवालाई भेटेर यस्तो संकेत दिएका हुन् ।
तर बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका नेताहरु भने ओली विरुद्ध विस्वासको मत नदिई वैकल्पिक सरकारको पक्षमा रहेका छन् । यद्यपि, सो पार्टीको संस्थागत निर्णय भने अझै भईसकेको छैन ।