लुम्वीनी प्रदेशका मुख्यमन्त्री पोखरेल बिरुद्ध पुनः अविस्वास प्रस्ताव दर्ता

लुम्वीनी प्रदेशका मुख्यमन्त्री पोखरेल बिरुद्ध पुनः अविस्वास प्रस्ताव दर्ता

  • आइतवार, बैशाख २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

बैशाख २६ बुटवल । यस अघि अविस्वासको प्रस्तावको सामना नगरी राजीनामा दिएर पुनः मुख्यमन्त्रीमा शपथ खाएका लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध पुनः अविस्वासको प्रस्ताव दर्ता भएको छ ।
नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा लगायत विपक्षी दलहरुले आज प्रदेश सभामा सो प्रस्ताव दर्ता गराएका हुन् ।
आइतबार ४० सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको नेपाली काँग्रेसका सचेतक फखरुदीन खानले जानकारी दिए ।
हाल प्रदेशसभामा ७९ सदस्य कायम रहेकोमा आफूहरुसँग ४० सांसदको समर्थन रहेको बिपक्षी दलहरुको दाबी छ । आजै ती दलहरुले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन दिने तयारी समेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ