विधिको शासन, पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासको सुनिश्चिततामा प्रतिबद्ध छुः प्रधानन्यायाधीश

विधिको शासन, पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासको सुनिश्चिततामा प्रतिबद्ध छुः प्रधानन्यायाधीश

  • आइतवार, बैशाख २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

२६ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विधिको शासनको सुनिश्चिततामा आफु प्रतिवद्ध रहेको बताउनुभएको छ ।
कानून दिवस, २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानन्यायधिस जबराले यस दिवसले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यो दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएकाले यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन प्रधानन्यायाधीश जबराले आग्रह गर्नुभएको छ ।
साथै अहिले कोरोना महामारीका कारण अदलतको सेवाप्रवाहमा पर्न गएको असुविधालाई परिस्थितीजन्य वाध्यताका रुपमा लिईदिन पनि आग्रह गर्नुभएको छ ।

विसं २००९ मा आजकै दिन प्रधान न्यायालय स्थापना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ