बैशाख २६ काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुले आज राजीनामा दिने भएका छन् । यो सँगै प्रधानमन्त्री ओलीको पद धरापमा पर्ने निश्चित भएको छ ।
माधव नेपाल( झलनाथ खनाल समूहका नेता र सांसदहरुको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले भोली विश्वासको मत लिनका लागि संसदको बिशेष अधिवेशन बोलाएका छन् । कांग्रेस र माओवादीले ओलीलाई विश्वासको मत नदिने निर्णय यसअघि नै गरिसकेका छन् । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ निर्वाचित नेपाल समूहका २० जना सांसदले राजीनामा गरेपछि ओलीले विश्वासको मतमा बहुमत हुने छैन ।
माधव समूहका सांसदले राजीनामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वैकल्पिक सरकार बन्ने सम्भावना देखा परेको छ । माधव समुहका ३५ जना सांसद रहेका छन् । यस्तो स्थितिमा काँग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार बन्ने संभावना रहेको छ ।