प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा भाग नलिने देउवाको घोषणा ( विज्ञप्ति सहित )

प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा भाग नलिने देउवाको घोषणा ( विज्ञप्ति सहित )

  • शनिबार, बैशाख २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

बैशाख २५ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार बोलाएको संवैधानिक परिषद्को बैठकमा भाग नलिने काँग्रेस सभापति शेर बहादुर देउवाले घोषणा गरेका छन् । देउवाले आज विज्ञप्ति जारी गरी अन्य परिषद् सदस्यलाई पनि बैठकमा भाग नलिन आग्रह गरेका छन् ।

सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्दै संसदीय मूल्य मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमै प्रहार गरेको भन्दै बैठकमा भाग नलिन परिषद्का अन्य सदस्यलाई समेत आग्रह गरेका हुन् ।
त्यस्तै कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाइ नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने पनि देउवाले बताएका छन् ।

कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने सरकारको कामलाई सुरुदेखि नै विरोध गर्दै आएको छ । त्यस्तै देउवाले सरकारले संविधानको विशिष्ट व्यवस्था मूल भावनाविपरीत भएको बताएका छन् ।

सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धीसहित सातवटा अध्यादेश जारी गरेको पाँचौं दिन आइतबारका लागि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक डाकेका हुन् ।

गत मंसिर ३० गते जारी गरिएकामा झैं यस पटकको अध्यादेशमा पनि संवैधानिक परिषद्को अध्यक्ष र तत्काल बहाल सदस्यहरूको बहुमत भए गणपूरक संख्या मानिने व्यवस्था छ । यसबाट प्रधानमन्त्रीसहित अरू दुई सदस्य उपस्थित भए संवैधानिक परिषद्को बैठक बस्न सक्नेछ । सभामुख अग्नि सापकोटा पनि बैठकमा सहभागी नहुने भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ