बैशाख २५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठक साँझ ५ बजेलाई बोलाईएको स्रोतले जनाएको छ । नियमित बैठक बाहेक आज बैठक किन बोलाईएको भन्ने जानकारी नभएको एक मन्त्रीले बताए ।
२७ गते विस्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले बैठक बोलाएर विभिन्न निर्णयहरु गर्दै आएका छन् । आज मन्त्रीपरिषद्को बैठक पछि भोली संवैधानिक परिषद्को बैठक समेत बोलाईएको छ ।
प्रधानमन्त्रीले बोलाएको बैठकमा सभामुख अग्नी सापकोटा र काँग्रेस सभापति शेर बहादुर देउवा भने सहभागी नहुने बुझिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline