बैशाख २४ काठमाण्डौं । नेपालमा दिन प्रतिदिन कोरोना संक्रमण र मृत्युदर दुबै बढीरहेको छ । दिनहुँ हजारौँ संक्रमित र दर्जनौ मृत्यु हुनेहरुको संख्या बढीरहेको छ । एकातिर अस्पतालमा बेड र अक्सिजनको अभाव हुने स्थिति छ भने अर्कोतिर मृतक संक्रमितको शब व्यवस्थापना पनि चुनौती बढीरहेको देखिएको छ । उपत्यकामा अत्याधिक संक्रमित रहेको र मृत्यु पनि बढीरहेकाले आर्यघाटमा यतिखेर संक्रमितको शब व्यवस्थापनमा दबाब बढेको देखिएको छ ।
पशुपति क्षेत्र विकास कोषले स्थापना गरेको विद्युतीय शब दाह गृहमा संक्रमितको शब जलाउने क्रम निरन्तर चलिरहेको छ भने आर्यघाटको नियमित शब दाह क्षेत्रमा ठाँउ नै अभाव हुन थालेपछि वागमति पुलमुनिदेखि माथि नदी किनारामा संक्रमितको शब जलाईराखिएको दष्य देखिन थालेको छ । बाटोमा हिँड्ने नागरिक, मृतकका पीडित परिवारजन, शब व्यवस्थापनमा खटिएको टोलीको उपस्थिति निकै देखिन सकिन्छ ।
बेलैमा सचेतता र सतर्कता एवं पूर्व तयारी नअपनाउने हो भने कोरोनाले अझै विकराल रुप लिन सक्ने भएकाले सचेत र सतर्क भई स्वास्थ्य मापदण्डको कडाईका साथ नागरिक आफैले पनि पालना गर्नु पर्ने देखिन्छ ।
हेर्नुस् भिडियोमा :