अस्पतालमा बेड खोज्दा खोज्दै नपाए पछि एम्बुलेन्समै ज्यान गयो जनप्रतिनिधि मगरको

अस्पतालमा बेड खोज्दा खोज्दै नपाए पछि एम्बुलेन्समै ज्यान गयो जनप्रतिनिधि मगरको

  • शुक्रबार, बैशाख २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

२४ वैशाख, बुटवल । अहिले कोरोना संक्रमित तीव्र रुपमा बढिरहेका बेला अस्पतालमा बेड र अक्सिजनको यति हाहाकार हुने स्थिति आएको छ कि आज एक जनप्रतिनिधिले वेड नपाएर एम्बुलेन्समै ज्यान गुमाउन पुगेका छन् ।
बुटवल उपमहानगरपालिका ७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको हो ।
थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर एम्बुलेन्समै उनको मृत्यु भएको हो । थापालाई एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई क्रिसमन, भीम अस्पताल पुर्याईए पनि अस्पतालले बेड नभएको जनाउ दियो । त्यस पछि मेडिकल कलेज पुर्याउदा त्याहाँ पनि बेड नपाए पछि अन्ततः एम्बुलेन्समै थापा मगरको मृत्यु भएको हो ।
उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले अस्पतालमा समयमै उपचार नपाएका कारण वडा सदस्यको मृत्यु भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ