हेलिकप्टर चढेर हेटौँडा पुगेर उम्मेद्धारी दर्ता गराए बादलले

हेलिकप्टर चढेर हेटौँडा पुगेर उम्मेद्धारी दर्ता गराए बादलले

  • शुक्रबार, बैशाख २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

बैशाख २३ हेटौडा । माओवादी छाडेर एमाले प्रवेश गरेका कारण आफ्नो गुमेको राष्ट्रिय सभा सदस्यको पदका लागि गृहमन्त्री राम बहादुर थापा बादलले पुनः उम्मेद्धारी दिएका छन् ।
एमालेको बालुवाटारमा बसेको स्थायी समितिको बैठकले उम्मेद्धार उठाउने निर्णय गरे लगत्तै उनी सिम्रिक एयरको हेलिकप्टर मार्फत हेटौडा पुगेर उम्मेद्धारी मनोनयन दर्ता गराएका हुन् ।
७४ सालमा माओवादी बाट निर्वाचित थापा एमालेमा गए पछि उनलाई पार्टीले कार्बाही गरेपछि सो पद रिक्त भएको थियो ।
सोही पदका लागि एमाले माधव समुहका डा. खिमलाल देवकोटालाई काँग्रेस, माओवादी, एमाले माधव समुह, जसपा उपेन्द्र यादव समुहले साझा उम्मेद्धारको रुपमा उभ्याएको छ ।
जीत सुनिश्चित नभए नलड्ने मनशायमा रहेका बादललाई आज एमालेले उम्मेद्धार बनाउने निर्णय गरे पछि उनी हेटौडा गएका थिए ।

सो पदमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र)लगायत दलका समर्थनमा डा खिमलाल देवकोटाले पनि उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडाले जनाएको छ । सङ्घीयताविद् डा देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र, वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले रहनुभएको छ । वाग्मती प्रदेशसभामा ६६ निर्वाचन क्षेत्रका ११९ स्थानीय तहका प्रमुख उपप्रमुख २३८ र वाग्मती प्रदेशसभा सदस्य ११० जना गरी कूल ३४८ मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आगामी जेठ ६ गते हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी मावि भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ । एउटा स्थानीय तहका लागि र अर्को प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको हो ।

आउदो जेष्ठ ६ गते निर्वाचन हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ