भ्रममा नपर्नुस् ओलीसँग कुनै सहमति भएको छैन : माधव नेपाल

भ्रममा नपर्नुस् ओलीसँग कुनै सहमति भएको छैन : माधव नेपाल

  • शुक्रबार, बैशाख २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

बैशाख २३ काठमाण्डौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको भन्दै भ्रममा नपर्न कार्यकर्ताहरुलाई अपील गरेका छन् ।
आज उनले फेसबुक मार्फत विज्ञप्ति जारी गर्दै २०७५ साल जेष्ठ २ गतेको कमिटि,विधान र नेतृत्व नै आफूहरुको बटम लाईन भएको भन्दै त्यसमा सहमति नभएको प्रष्ट पारेका छन् ।
पार्टी मिलाउन नेताहरु लागि परेको र नेपालले बिहिबार राष्ट्रपतिसँग भेट गरेको सन्दर्भमा आज उनको भनाई सार्वजनिक भएको हो ।
नेपालले सुदृढ र शसक्त पार्टी बनाउने महाअभियानमा लागिरहन कार्यकर्तालाई अपील पनि गरेका छन् ।
बैशाख २७ गते विस्वासको मत दिनु अघि नै माधव नेपाल समुहलाई फकाउने ओली समुहले प्रयास जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ