बादललाई राष्ट्रिय सभाको उम्मेद्धार बनाउने एमालेको निर्णय

बादललाई राष्ट्रिय सभाको उम्मेद्धार बनाउने एमालेको निर्णय

  • शुक्रबार, बैशाख २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

बैशाख २३ काठमाण्डौं । राष्ट्रिय सभाका लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादललाई उमेदवार बनाउने एमाले स्थायी समितिले निर्णय गरेको छ । पार्टीले निर्णय गरे लगत्तै उम्मेद्धारी दर्ताका लागि गृहमन्त्री बादल मकवानपुर लागिसकेका छन् । उनी हेलिकप्टर मार्फत मकवानपुर गएका छन् ।
७४ सालमा माओवादीबाट जीतेका थापा यस पटक एमालेबाट उम्मेद्धार बन्न लागेका हुन् ।
एमाले ओली समुहतिर लागे पछि माओवादीले बादललाई कार्बाही गरेको थियो ।

यता माओवादी–कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा डा खिमलाल देवकोटाले उम्मेद्वारी दिएका छन्। राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि उनी हेटौंडा पुगिसकेका छन्।

वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तोकिएको छ।

राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धनले देवकोटालाई साथ दिएको छ ।

राष्ट्रियसभाको उपनिर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ