भक्तपुरमै अक्सिजन खोज्दा खोज्दै दुई संक्रमितको ज्यान गयो, अक्सिजन अभाव बढ्दै

भक्तपुरमै अक्सिजन खोज्दा खोज्दै दुई संक्रमितको ज्यान गयो, अक्सिजन अभाव बढ्दै

  • शुक्रबार, बैशाख २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

बैशाख २३ भक्तपुर । भक्तपुरमा अक्सिजनको अभावमा दुई जना कोरोना संक्रमितको निधन भएको छ । कौशलटारस्थित भक्तपुर इन्टर्नेशनल हस्पिटलमा उपचाररत दुई जना बिरामीको निधन भएको हो।
अक्सिजन सकिन लागेको खबर पाउने वित्तिकै रिफरको लागि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए।

अहिले देशभरका अस्पतालमा अक्सिजन संकट बढीरहेको छ । अक्सिजनमा पनि खास गरी सिलिण्डरको अभाव खड्किएको देखिएको छ ।
भारतमा जस्तै नेपालमा पनि अक्सिजनको अभावमा संक्रमितको मृत्यु बढ्न सक्ने चिन्ता गर्न थालिएको छ ।
शनिबार भारतबाट केही अक्सिजन नेपाल ल्याईदैछ भने चीनले पनि अक्सिजन सिलिण्डर केही मात्रामा सहयोग गर्ने र केही नेपालले खरीद गर्ने तयारी गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी