देउवासँग माधव नेपाल सहितका नेताले भेटे

देउवासँग माधव नेपाल सहितका नेताले भेटे

  • शुक्रबार, बैशाख २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

बैशाख २३ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार साँझ नेपालले आफू निकट केही नेतासहित देउवा निवासमा पुगेर छलफल गरेको बुझिएको छ । छलफलमा ससामयिक विषयमा कुराकानी भएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिन लागेका बेला त्यसलाई विफल पार्न आवश्यक रणनीति बनाउने विषयमा उनीहरुबीच छलफल भएको बताईन्छ ।
देउवासँगको छलफलमा संविधान लोकतन्त्र र व्यवस्था बचाउने विषयमा छलफल भएको भीम रावलले जानकारी दिएएक नेताले बताए ।

देउवासँग भेटे पछि नेता नेपाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए ।
ओलीलाई विस्वासको मत दिनु अघि नै सामुहिक राजीनामा दिने तयारीमा रहेको भनिएको नेपाल समुहले पार्टी एकता जोगाउने अन्तिम कोशिसका रुपमा ओली समुहसँग पनि संवादको प्रयास गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ