अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता सार्वजनिक ठाउँलाई नियमित निसंक्रमण गर्दै महानगर

अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता सार्वजनिक ठाउँलाई नियमित निसंक्रमण गर्दै महानगर

जनस्वास्थ्य र वातावरण दुवै पक्षको ख्याल गर्दै महामारी नियन्त्रण गर्न निसंक्रमण गरिरहेका छौँ — प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली

  • बिहिबार, बैशाख २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

बैशाख २३, काठमाडौँ । काठमाडौँ महानगरले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ, एम्बुलेन्सजस्ता सवारी साधनको नियमित निसंक्रमण गरिरहेको छ । यसका लागि ठूला जेट मेसिनको प्रयोग हुने गरेको छ ।
‘संक्रमण बढ्दो अवस्थामा छ । यसबेला सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु नै महामारी नियन्त्रणको भरपर्दो माध्यम हो ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भन्नुहुन्छ, ‘बन्दाबन्दी भए पनि कतिपय मानिसहरु अत्यावश्यक कामले बाहिर निस्किनु पर्ने हुन्छ । यसरी मानिसहरु आवतजावत हुने ठाउँ, सुरक्षा जाँच गर्ने ठाउँ र अस्पताल परिसरलाई केन्द्रीत गरेर निसंक्रमणको काम गरिरहेका छौँ ।’
महानगरले गएको बर्ष बन्दाबन्दीमा पनि सार्वजनिक ठाउँमा निसंक्रमण गरेको थियो । यस बर्ष निसंक्रमणको कामलाई महामारी नियन्त्रणमा नआउञ्जेल जारी राख्ने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ