एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

  • बिहिबार, बैशाख २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, २३ वैशाख । नेकपा (एमाले) स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो ।
पार्टी केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले कोरोना महामारी, राष्ट्रियसभा उम्मेदवारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो ।

वाग्मती प्रदेश राष्ट्रिय सभा र लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनका लागि आजको बैठकले उम्मेदवार तय गर्ने बताईएको छ ।

राष्ट्रिय सभा उपनिर्वाचनका लागि विपक्षी गठबन्धनले उम्मेदवार तय गरिसकेका छन् । वाग्मतीमा गृहमन्त्री रामबहादुर थापाको ठाउँमा रिक्त रहेको पदमा खिमलाल देवकोटा र लुम्बिनीमा चन्द्रबहादुर खड्काको ठाउँमा दीर्घनारायण पाण्डेलाई विपक्षी गठबन्धनले उम्मेदवार बनाउने भएका छन् ।

त्यस्तै बैठकमा पछिल्लो समसामयिक राजनीतिबारे पनि छलफल हुने एजेन्डा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ