बैशाख २२ बुटवल । लुम्बिनी प्रदेशका एमाले प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनी दाङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका थिए ।
डाँगीले बुधबार प्रदेश सभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएका छन् । उनले हालको राजनीतिक अवस्था देखेर राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।
डाँगीलाई आफ्नो पार्टीमा स्वागत गरिने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए । यसअघि एमालेका प्रदेश सभा सदस्य कपिलवस्तुका दृगनारायण पाण्डेले राजीनामा दिएका थिए । उनी कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाबाट उपचुनाव लडेकी सांसद विमला कुमारी खत्री माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । योसँगै लुम्बिनीमा एमालेमा प्रदेश सभा सदस्य घटेर ३८ जना भएका छन् ।
८७ सदस्यीय प्रदेशसभा ७९ मा झरेको छ । जसमा २ जनाको स्वेच्छिक राजीनामा भएको छ भने माओवादी केन्द्रका २ र जसपाका ४ सदस्य निष्कासनमा परेका छन् ।