वैशाख २०, काठमाडौँ । मन्त्रिपरिषद्ले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पौडेललाई र सुदूरपश्चिम प्रदेश प्रमुखमा यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने निर्णयसँगै मन्त्रिपरिषद्को बैठकले पौडेल र यादवलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।
पौडेल र यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । पौडेल एमाले नेतृ हुन् भने यादव पूर्व उपसभामुख हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline