आज हालसम्मकै धेरै संक्रमित थपिएः एकैदिन ७४ सय ४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु

आज हालसम्मकै धेरै संक्रमित थपिएः एकैदिन ७४ सय ४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु

  • सोमवार, बैशाख २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

वैशाख २०, काठमाडौँ । आज थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै संत्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणमा ७ हजार ३ सय ८८ जना र ५ सय १८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६० जना गरी कुल ७ हजार ४ सय ४८ जनाका कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।
यस्तै नेपालमा एकैदिन ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबा मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २ हजार १ जना डिस्चार्ज भएकाछन् । यो सँगै निको हुनेको संख्या २ लाख ८६ हजार १५ पुुग्यो ।
यस्तै देशभर ५४ हजार ४१ जना सक्रिय संक्रमित हुँदा २ सय १२ जना क्वारेन्टिमा छन् । सक्रिय संक्रमितमध्ये ५ सय ७८ जना आईसीयूमा रहँदा १ सय ४२ जना भेन्टिलेटरमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ