भोली मध्यरातिदेखि आन्तरिक उडान बन्द, २२ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान रोक्ने मन्त्रीपरिषद्को निर्णय

भोली मध्यरातिदेखि आन्तरिक उडान बन्द, २२ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान रोक्ने मन्त्रीपरिषद्को निर्णय

  • आइतवार, बैशाख १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

वैशाख १९, काठमाडौँ । सरकारले कोरोना संक्रमण रोकथामका लागि सरकारले सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।गुरुङका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि सोमबार राति १२ बजेबाट उडान बन्द गर्ने निर्णय भएको हो ।
यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार मात्रै नेपालमा अहिलेसम्मकै सबन्दा उच्च कोभिड संक्रमित भेटिएका छन् ।

मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।

यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले अन्य सवारी आवागमन ठप्प बनाए पनि हवाई मार्ग खुला राखेको थियो ।  सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।  आवश्यक पर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने हुने उनको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ