बैशाख १९ काठमाण्डौं । लुम्वीनमा एकाएक राजनीतिक घटनाक्रममा नयाँ संकेतहरु देखा पर्दै गएका छन् । एमालेको एकल बहुमतको सरकार बन्ने अपेक्षामा आजै राजीनामा दिएका मुख्य मन्त्री शंकर पोखरेलको आशा विमाला वली माओवादीमा प्रवेशसँगै तुषारापात लाग्यो ।
त्यस पछि आधा आधा सांसद बिपक्षी र सरकारी पक्षको भए पछि मुख्यमन्त्रीमा आजै नियुक्त भएका पोखरेलको पद पुनः अब धरापमा परेको छ ।
सत्तारुढ एमालेकै तीन सांसदले आजै सभामुख समक्ष राजीनामा दिए पछि अब एमालेको ३७ सांसद मात्र रहनेछ ।
कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन् ।
दुई एमालेका सांसद हुन् भने अजय शाही हृदयेश त्रिपाठी समूहबाट सूर्य चिन्ह लिएर चुनाव जितेका हुन् ।
सांसदको राजीनामा छल्न नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन्।
विपक्षी सांसदहरुले भने बहुमत नपुग्ने भन्दै पोखरेललाई मुख्य मन्त्रीमा शपथ नखुवाउन प्रदेश प्रमुखको ध्यानाकर्षण गराउदै आएका छन् ।
अविस्वासको प्रस्ताव पेश हुने भए पछि त्यस अघि नै राजीनामा दिएर चलाखीपूर्ण कदम चाल्न खोजेका पोखरेल अब अल्पमतमा परेसँगै थप संकटमा परेका छन् ।