१८ बैशाख, काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१४ हजार ४ सय ३ पीसीआर परीक्षणबाट ५ हजार ७ सय ६ र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित भएकामध्ये ३२ सय ५१ पुरुष र २४ सय ५५ महिला रहेका छन् । संक्रमितमध्ये ४०१ आईसीयू र ११० जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ । कुल संक्रमितको संख्या तीन लाख २८ हजार ८९३ पुग्दा दुई लाख ८२ हजार ३८२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२ सय ८७ जना डिस्चार्ज भएका छन् ।
यस्तै आज थप १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।
अहिले क्वारेन्टाइनमा ६७ जना रहेका छन् भने आइसोलेसनमा ४३ हजार २ सय १३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर परीक्षण २४ लाख ८८ हजार ३ सय ५९ पुगेको छ ।