कञ्चनपुरमा हप्तामा तीन दिन मात्र किराना र तरकारी पसल खुल्ने

कञ्चनपुरमा हप्तामा तीन दिन मात्र किराना र तरकारी पसल खुल्ने

  • शनिबार, बैशाख १८, २०७८
  • डम्मर राज भट्ट

  • 14.3K
    SHARES

कञ्चनपुर, १८ बैशाख । कञ्चनपुरमा हप्तामा तीन दिन मात्रै किराना र तरकारी पसल खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुर आज एक सुचना जारी गरिएको छ।
बिश्वभर फैलिरहेको दोस्रो चरणको नयाँ भेरियन्ट सहितको को संक्रमण कञ्चनपुर जिल्लामा समेत फैलिरहेको भन्दै तीन दिन मात्रै किराना र तरकारी पसल खुल्न पाउने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताएका छन् ।
उनका अनुसार आईतवार, मंगलबार र बिहिवार बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न पाउने जनाएको छ । यस्तै औषधी तथा स्वास्थ्य सामाग्री, दुध डेरी एवं पेट्रोलियम पदार्थ जस्ता अतिआवश्यक पसलहरु खुल्ला रहने जनाएको छ । कञ्चनपुर जिल्लामा बैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ