कोरोना संक्रमण बढेसँगै काभ्रेमा आइतबारदेखि निषेधाज्ञा

कोरोना संक्रमण बढेसँगै काभ्रेमा आइतबारदेखि निषेधाज्ञा

  • शनिबार, बैशाख १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काभ्रे, बैशाख १८ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार राती १२ बजेबाट लागु हुने गरी एक हप्ता निषेधाज्ञा जारी गरेको छ ।
कोरोना संक्रमितको संख्यामा दैनीक बृद्धि भएपछि बैशाख २६ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
उक्त अवधिमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन । स्वास्थ्य मापदण्डको पालना गरी अत्यावश्यक सेवा भने सञ्चालन हुनेछ ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बिमा एवं राष्ट बैंकबाट इजाजत प्राप्त सहकारी सस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरी माथिल्लो निकायको स्विकृती लिई आलोपालो सेवा सन्चालन गर्नु पाउने छन् ।
तर अत्यावश्यक बाहेक अन्य सेवा स्थगित गर्नुपर्ने छ । निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनहरु राती ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ