अस्पतालका बेड भरिए पछि संक्रमितको उपचार भुईमै !

अस्पतालका बेड भरिए पछि संक्रमितको उपचार भुईमै !

  • शुक्रबार, बैशाख १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

दाङको तुलसीपुरस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीमा बेड अभावले पाँच जना कोरोना संक्रमित बिरामीलाई अस्पताल बाहिरै अक्सिजन दिएर उपचार शुरु गरिएको छ ।
उनीहरू तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाका बिरामी रहेको अस्पताल स्रोतले जनाएको छ ।

व्यवस्थापक वलीले अस्पतालभित्र ४२ बेड रहे पनि ४३ जनालाई राखेर उपचार भइरहेको बताए। अक्सिजन नै अहिलेका बिरामीको प्राण धान्ने उपाय भएको हुँदा बरू अस्पतालबाहिरै अक्सिजन दिएर भए पनि बचाउन आफूहरूले प्रयास गरिरहेको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए ।
बिरामीको संख्या बढ्दै जान थालेपछि आफूले दैनिक कम्तीमा पनि ३०० सिलिण्डर अक्सिजन ग्यासको माग गरेको भए पनि नेपालगञ्जको सप्लायर्सले दैनिक एक सय २० सिलिण्डरभन्दा बढी मात्रामा उपलब्ध गराउन नसक्ने बताएको हुँदा समस्या भइरहेको वलीले बताए।
बिरामीलाई भुईमै उपचार गर्नु पर्ने अवस्था आए पछि नेपाली सेनाको सहयोगमा बेड विस्तार गर्ने काम भईरहेको जनाईएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी