ओली सरकारले कुनै काम नगरेकाले देशमा फेरी लकडाउन गर्नु पर्ने स्थिति आयोः काँग्रेस ( विज्ञप्ति सहित )

ओली सरकारले कुनै काम नगरेकाले देशमा फेरी लकडाउन गर्नु पर्ने स्थिति आयोः काँग्रेस ( विज्ञप्ति सहित )

  • शुक्रबार, बैशाख १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

बैशाख १७ काठमाण्डौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले कुनै काम नगरेका कारण कोरोना संक्रमण डरलाग्दो तरीकाले बढेको भन्दै प्रधानमन्त्री ओलीकै कारण देशमा पुनः लकडाउन गर्नु परेको धारणा सार्वजनिक गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन गरेर अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक–भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेको पनि बताए ।

देउवाले कोरोनाको संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रवन्ध मिलाइ निषेधाज्ञाको समयलाई पूर्ण रुपमा सदुपयोग गर्न आवश्यक कामहरु गर्न आग्रह गर्दै सरकारलाई ११ बुँदे सुझाव समेत दिएका छन् ।

संक्रमितको उपचारका लागि अक्सिजन र भेन्टिलेटरको आपूर्ति सुनिश्चित गर्न, स्वास्थ्य सामग्रीको समुचित व्यवस्था गर्न, पीसीआर परीक्षणलाई व्यापक बनाउन, सीमामा होल्डिङ सेन्टरको व्यवस्था गर्न काँग्रेसको माग छ ।

देउवाद्धारा जारी विज्ञप्तिको पूर्ण पाठ :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ