बैशाख १७ काठमाडौँ । कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारको विकल्प दिन सांसदहरुको संख्या अपुग रहेको दाबी गरेका छन् ।
कोभिड–१९ सम्बन्धि पार्टीको धारणा र सरकारको ध्यानाकर्षण गराउनका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न आफूहरूसँग संख्या अझै नपुगेको बताए ।
शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन आयोजना गरेर देउवाले जनता समाजवादी पार्टीका कारण वैकल्पिक सरकार गठन गर्न नसकिएको दाबी गरे । देउवाले जसपासँग पनि आफ्नो कुरा भइरहेको र सबै कुरा भन्न नसकिने पनि बताए ।
अविश्वास प्रस्ताव ल्याएर फेल भएमा अर्को एक वर्षसम्म अर्को अविश्वास प्रस्ताव ल्याउन नपाइने भएकाले संख्या पुगेपछि कदम चाल्ने देउवाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline