जसपाको बहुमत सांसदले प्रधानमन्त्री ओली बिरुद्धको अविस्वास प्रस्ताव बिरुद्ध सघाउने, १८ सांसदले गरे हस्ताक्षर !

जसपाको बहुमत सांसदले प्रधानमन्त्री ओली बिरुद्धको अविस्वास प्रस्ताव बिरुद्ध सघाउने, १८ सांसदले गरे हस्ताक्षर !

  • शुक्रबार, बैशाख १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

बैशाख १७ काठमाण्डौं । प्रधानमन्त्री ओलीलाई सघाउने या काँग्रेस माओवादी गठबन्धनमा सामेल हुने भन्ने बिषयमा आन्तरीक विवादमा रहेको जसपाको बहुमत सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध अविस्वासको प्रस्तावको पक्षमा उभिने भएका छन् ।
बाबुराम भट्टराई र उपेन्द्र यादवको पहलमा बसेको केन्द्रीय कार्यकारीणी समितिको बहुमतले यस्तो निर्णय गरेको हो । यस्तो बैठक महन्त ठाकुर र राजेन्द्र महताको सहमति विनै राखिएको थियो । उनीहरुले बैठक राख्न अस्वीकार गर्दै आएका छन् ।
यो बैठककै क्रममा कुल ३४ सांसद मध्य १८ जनाले अविस्वासको प्रस्ताव बिरुद्ध उभिन हस्ताक्षर गरेको एक नेताको दाबी छ ।
जसपामा पूर्वराजपा र पूर्वसमाजवादीका १७–१७ सांसद थिए । तर दुवै पक्षका एक(एक जना सांसद निलम्बनमा परेका थिए । अहिले पूर्वसमाजवादी पार्टी पक्षमा १८ जना सांसद रहेको र कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएमा त्यो संख्या बढ्ने पनि बताईएको छ ।
ठाकुर र महतो प्रधानमन्त्री ओलीसँगै सहमति गर्न लागि परे पनि भट्टराई र यादव भने प्रधानमन्त्रीलाई हटाउनु पर्ने पक्षमा रहँदै आएका छन् । यो स्थितिले जसपा विभाजित हुन सक्ने संभावना बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ