आज थप ३५ जनाको कोरोनाबाट मृत्यु, ४ हजार ९२८ संक्रमण पुष्टि

आज थप ३५ जनाको कोरोनाबाट मृत्यु, ४ हजार ९२८ संक्रमण पुष्टि

  • बिहिबार, बैशाख १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

१६ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा थप ४ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार १२ हजार ९५७ पीसीआर र ९६३ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९२८ जनामा संक्रमण देखिएको छ।

यस्तै बिहीबार थप ८८८ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ। मन्त्रालयका अनुसार ५९ जना ३४ हजार ११७ आइसोलेसनमामा छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ