बैशाख १६ पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङ बिरुद्ध टेवल भएको अविस्वासको प्रस्तावको पक्ष विपक्षमा मतदान हुने दिन बुधबार वेपत्ता भएका राष्ट्रिय जनमोर्चाका सांसद खिम विक्रम शाहीले सदनमा जाने बेला आफू अचानक बिरामी परेको र बेहोस भएको दाबी गरेका छन् ।
शाहीले आज विज्ञप्ति जारी गरी आफू बिरामी परे पछि भाईलाई सम्पर्क गरी उपचारका लागि लाने क्रममा बेहोस् भएको दाबी गरेका हुन् ।
अहिले आफू उपचाररत रहेको र स्वस्थ्य महसुस गरीरहेको भन्दै आफ्ना बारेमा उठेका प्रश्नहरुको जवाफ दिने बताएका छन् ।
उनले पार्टीको निर्णय र संसदीय दलको निर्णयप्रति आफू प्रतिवद्ध रहेको समेत दाबी गरेका छन् ।
हिजो संसद स्थगित नभएको अवस्थामा र फ्लोर क्रस नभएको अवस्थामा मुख्यमन्त्री परिवर्तन हुने संभावना थियो ।
काँग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाले मुख्य मन्त्री बिरुद्ध अविस्वासको प्रस्तावमा सहमति जनाएका थिए ।
हिजो जनमोर्चाका सांसदले शाहीको फोन अफ् रहेको र उनी वेपत्ता भएको भन्दै सदनको काम कार्बाही रोक्न निवेदन दिए पछि हलचल मच्चिएको थियो ।
