पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज शल्यक्रियाको लागि अस्पताल भर्ना हुने भएका छन्। उनी न्युरो(इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि भर्ना हुन लागेका हुन्। उनको काठमाडौंस्थित वीर अस्पतालमा डा।सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया गरिने भएको हो।
उनको शल्यक्रिया भोली हुने जनाइएको छ। यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गराएका थिए। वायोप्सी परीक्षण,सिटि स्क्यान सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए।
शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो। चिकित्सकको सुझावअनुसार नै भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline