१५ बैशाख, काठमाडौं । नेपालमा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन परीक्षणबाट ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
अधिकारीका अनुसार १३ हजार ८८९ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ७७४ र ९ सय बढीको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा गरेर ४८ सय ९७ जनामा कोरोना पुष्टि भएको हो । जसमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४ सय ६४ गरेर उपत्यकामा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline